बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

साउन २०, काठमाडौँ । शनिबार राति बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाले यी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेकाले नदीमा जलसतह बढ्ने तथा बाढी, पहिरो जान सक्ने सम्भावना भएकाले सचेत रहन आग्रह गरेको छ। महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिन नै देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना छ। उहाँका अनुसार मनसुनी वायुको प्रभाव साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यूनचापीय प्रभाव रहेकाले देशभरकै मौसम बदली रहेको छ।

उहाँले भन्नुभयो, “मनसुनी वायुको प्रभाव कायम रहेको र भारतको मध्य प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको प्रणालीको प्रभावले सबै प्रदेशभर तीन दिनको मौसम बदली भएर मध्यमदेखि भारी वर्षाको सम्भावना छ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.