इरानी विदेशमन्त्री अकस्मात सिरियामा

भदौ १८, तेहरान । इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफ सोमबार सिरिया पुग्नुेका छन् । उनी पूर्व घोषित कार्यक्रम बिना नै सिरियाका बिद्रोहीको कब्जामा रहेको सबैभन्दा ठूलो इदलिबका बारेमा छलफल गर्न सोमबार सिरिया भ्रमणमा गएको इरानको विदेश मन्त्रालयले जनाएको छ ।

इदलिबका बारेमा सिरियाली अधिकारीहरुसँग छलफल गर्न उनी सिरिया पुग्नुभएको इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम घासेमीले राजधानी तेहरानमा सम्वाददाताहरुसँग बताए । उनले इदलिबबाट सिरियाले आतङ्ककारीहरुलाई हटाउने विषयमा गरेको कार्यका लागि सिरियाली अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् । इदिलिब सिरिया, टर्की र इरानको सीमा क्षेत्रमा पर्दछ । त्यहाँबाट आतङ्ककारीलाई हटाउन सिरियाले पनि पछिल्लो समयमा ठूलो संख्यामा सरकारी फौज परिचालन गरेको थियो । त्यस विषयमा इराकी विदेशमन्त्री जरिफले सिरियाली राष्ट्रपति बसार अल–असदसँग भेटवार्ता गर्नुहुने बताइएको इरानी समाचार समिति आइएसएनएले जनाएको छ ।

रुस, इरान र टर्कीका राष्ट्रपतिबीच सिरियाली द्वन्द्वको बारेमा आगामी शुक्रबार इरानको राजधानी तेहरानमा भेटवार्ता हुन लागेको छ । सिरियाले आफ्नो भूमिबाट आतङ्कवादीहरुलाई हटाएको घटनाको इरानले समर्थन गरेको छ । यसअघि इदलिबमा सिरियाली सरकारी फौज परिचालन गरेको घटनाको पनि इरानले समर्थन गरेको थियो । इरानी रक्षामन्त्री पनि गत हप्ता सिरियाली शहर दमासकस पुग्नुभएको थियो । सिरिया गएको सात वर्षदेखि गृहयुद्धमा छ । उसलाई इरानले आर्थिक र सैन्य सहयोग गर्दै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.