गगन थापाले निर्वाचन आयोगलाई बुझाए १५ हजार जरिबाना

साउन १२, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिबाना तिरेका छन् ।

निर्वाचन खर्च सार्वजनिक गरेकोबारे निर्वाचन आयोगलाई जानकारी नगराउने उमेदवारलाई आयोगले जरिबाना गर्ने निर्णय गरेको थियो । थापाले खर्च विवरण आयोगलाई बुझाएर सार्वजनिक गरेपनि सार्वजनिक गरेको जानकारी आयोगलाई गराएका थिएनन् । त्यसैका लागि उनलाई जरिबाना गरिएको हो । काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिबाना तिरेका छन् । निर्वाचन खर्च सार्वजनिक गरेकोबारे निर्वाचन आयोगलाई जानकारी नगराउने उमेदवारलाई आयोगले जरिबाना गर्ने निर्णय गरेको थियो ।

थापाले खर्च विवरण आयोगलाई बुझाएर सार्वजनिक गरेपनि सार्वजनिक गरेको जानकारी आयोगलाई गराएका थिएनन् । त्यसैका लागि उनलाई जरिबाना गरिएको हो । ‘मैले निर्वाचन आयोगमा मिति २०७९÷ ०८÷ २५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनुपर्ने जानकारी नभएको जानकारी गराउँछु । अतः १५ हजार जरिबाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु,’ उनले भनेका छन् ।

आयोगले तोकेको समयभित्र निर्वाचन खर्च बुझाएका पाँच हजार ५६२ उमेदवारलाई ०८० वैशाख ६ गतेदेखि १२ गतेसम्ममा निर्वाचन खर्च विवरण सार्वजनिक गरी लिखित जानकारी प्रदेश वा जिल्लामा दिन निर्देशन दिएको थियो ।

थापाले पुनः सार्वजनिक गरेको खर्च विवरण

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.