पत्रकार रिहा गर्न राष्ट्रसंघको आग्रह

भदौ १८, याङ्गुन । म्यान्मारको एक अदालतले सोमबार जेल सजाय सुनाएका बेलायती पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ ।

बेलायती समाचार समिति रोयटर्सका दुई जना समाचारदातालाई म्यानमारको राजधानी याङ्गुनमा रहेको एक अदालतले सात वर्षको जेल सजाय सुनाएको थियो । समाचार सम्प्रेषण गर्नेक्रममा राज्यको गोप्य सूचना चुहाएको र कानुनहरुको उल्लङ्घन गरेको आरोपमा ती दुई पत्रकारलाई म्यान्मार सरकारले पक्राउ गरेको थियो । पत्रकारद्वय वा लोन र क्या सो उलाई रिहा गरी पुनः काममा फर्कने वातावरण मिलाउन संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसमक्ष आग्रह गरेको म्यानमारको लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि तथा मानवीय सहायता कार्यक्रम संयोजक प्रमुख नुट ओस्टबीले बताउनुभएको छ ।

ती पत्रकारहरुको रिहाइको लागि संयुक्त राष्ट्रसंघले आगामी दिनमा पनि लगातार आग्रह गर्ने पनि उहाँले बताउनुभएको छ ।
यसैबीच, रोयटर्सले आफ्ना दुई पत्रकारलाई जेल सजाय सुनाइएकोप्रति आपत्ति जनाउँदै उनीहरुमाथि झुटो अभियोग लगाएको जनाएको छ । जेल सजाय दिइएका दुबै पत्रकारमाथि रोहिङ्ग्या समुदायको हत्यामा म्यान्मारका सैनिकको संलग्नताका बारेमा रिपोर्टिङ गरेको र कानुन विपरीत राज्यका गोप्य सूचना सङ्ग्रह गरेको आरोप म्यान्मार सरकारले लगाएको छ । (रासस÷एएफपी)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.