पूर्वमन्त्री यादव पक्राउ

साउन १, बुटवल । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन्।

चेक वाउन्सको मुद्दामा जारी भएको पक्राउ पुजीका आधारमा उनलाई आइतबार बाँकेको डुडुवा गाउँपालिका होलीयाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि पूर्व मन्त्री यादवमाथि मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा उनलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित यादव गत वर्षको साउन ३१ मा नेकपा एमालेमा प्रवेश गरेका थिए। लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित उनी शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.