साउन १, काठमाडौं । नेपाल प्रहरीले ९ जना प्रहरी अधिकारीलाई बढुवा गरेको छ । आइतबार बसेको प्रहरी महानिरीक्षक र प्रहरी उपरीक्षको बैठकले एकजना प्रहरी नायव निरीक्षक, दुईजना प्रहरी सहायक निरीक्षक, पाँचजना सहायक हवल्दार र एकजना जवानको बढुवा गरेको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत तिलराम बोहरा सार्की प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा भएका छन् ।त्यस्तै, अर्जुन सेठ्ठी र वामदेव घिमिरे प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षकमा बढुवा भएका छन् । प्रहरी सहायक हवल्दारहरू सुवास नेपाली, लक्ष्मण सापकोटा, भुदरमणि जोशी, गनकुमार खण्डलुक र उपेन्द्र चौधरी प्रहरी हवल्दारमा बढुवा भएका छन् । प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।
हेर्नुहोस् सूची

1689588543.jpg)

