सांसदलाई सम्पति विवरण बुझाउन भदौ २८ गतेसम्मको समय

असार ३१, काठमाडौं । संघीय सांसदहरूले सम्पत्ति विवरण साउन १ गतदेखि भदौ २८ गतेसम्ममा बुझाउनुपर्ने भएको छ ।

संसद् सचिवालयले सूचना निकालेर सांसदहरूलाई आर्थिक वर्ष २०७९÷ ०८० को सम्पति विवरण बुझाउन आग्रह गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ मा संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार सचिवालयले सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो । सम्पत्ति विवरण बुझाउँदा सांसदले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा स्पष्ट उल्लेख गरी पेस गर्नुपर्ने सूचनामा भनिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.