हेलिकप्टर उडान सुरक्षित बनाउन ५ नयाँ नियम

असार २८, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान सुरक्षित बनाउन नयाँ नियम ल्याएको छ । हेलिकप्टर दुर्घटनाका कारण नेपालको आकाश असुरक्षित रहेको सन्देश जाने भन्दै प्राधिकरणले यसमा कडाइ गर्न नयाँ नियम ल्याएको हो ।

जसअन्तर्गत हेलिकप्टर उडान सुरक्षित बनाउन आगामी सेप्टेम्बरसम्म तीन प्रकारका हेलिकप्टर उडानमा रोक लगाइएको छ । गत मंगलबार माउन्टेन फ्लाइटका लागि सोलुखुम्बु गएका ५ विदेशी पर्यटकसहित ६ जनाको ज्यान जाने गरी मनाङ एयरको हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले नयाँ नियम जारी गरेको हो ।

नयाँ नियमअनुसार हेलिकप्टर उडानलाई सुरक्षित बनाउन आगामी अढाई महिनासम्म माउन्टेन, सिलिङ र गैरआवश्यक उडानमा रोक लगाइएको हो । प्राधिकरणले यसबाहेक उडानलाई सुरक्षित बनाउन थप ४ वटा निर्णय गरेको छ । जो यस प्रकार छन् :

१) हेलिकप्टर र छोटो उडान र अवतरणका लागि दैनिक नियन्त्रण र सुपरीवेक्षण टोली गठन।

२) साप्ताहिक समीक्षा गरी सेप्टेम्बरसम्म मनसुनमा एडीटी केन्द्रित उद्धार उडानलगायत हेलिकप्टर सञ्चालन अनुमति।

३) उडान सञ्चालन अनुमति दिँदा प्रस्थान वा अवतरणमध्ये कम्तिमा एक स्थान अनिवार्य विमानस्थल हुनुपर्ने।

४) कम्पनीमा शेयर भएको चालक दललाई सबै प्रकारका व्यवसायिक उडानको विशेषाधिकार खारेज।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.