किर्तेको आरोप लागेका वडाध्यक्षसहित १० जना फरार

असार २६, हेटौंडा । ठगी गरेको घटनामा संलग्न रहेको आरोप लागेका मकवानपुर थाहा नगरपालिकाका एक वडाध्यक्षसहित १० जना फरार रहेका छन्।

एक व्यक्तिले किर्ते कागजात बनाई छोरा बनेर अर्काको जग्गा नामसारी गरी ठगी गरेको आरोप लागेपछि उनिहरू विरुद्ध पक्राऊ पुर्जी जारी भएको छ । जग्गा किर्ते गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि थाहा नगरपालिका– १२ का वडाध्यक्ष टिकाराम स्याङ्तान, वडा सचिव ओब्जङ बहादुर रोकाया, कार्यालय सहयोगी चन्द्रकुमार मोक्तान, किर्तेका योजनाकार बमबहादुर गुरुङ, उनका छोरा राजु गुरुङ, १२ नम्बर वडा कै रामशरण गुरुङ, कृष्ण बहादुर गुरुङ, सुकुमान स्याङ्तान, राम बहादुर स्याङ्तान र नरेश घलानका नाममा पक्राउ पुर्जी जारी भएपछि सबै फरार भएका हुन्। उनीहरूको खोजी भइरहेको पालुङ प्रहरीले जनाएको छ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.