आरजु जोडिएको अडियो प्रकरणः स्वर थुनामा रहेका सन्देश शर्मासँग मिल्छ– प्रहरी

असार २४, काठमाडौं । नेपाली काँग्रेसकी नेतृ तथा सांसद आरजु राणा देउवाले नक्कली शरणार्थी प्रकरणमा रकम माग गरेको भन्ने अडियो थुनामा रहेका सन्देश शर्मासँग मिल्दो रहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता कुवेर कडायतले उजुरी छानबिनको प्रगतिका बारेमा दिएको जानकारीअनुसार उक्त स्वर जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुलसीपुरका ३४ वर्षका सन्देश शर्मासँग मेल खाएको उल्लेख गरेका छन् । कहाँ र कसबाट उक्त स्वर टिकटकमा राखियो भन्ने बारेमा टिकटक सिंगापुरलाई पत्राचार गरिएको भए पनि विवरण प्राप्त हुन नसकेको उनले जनाएका छन् । शर्मा अहिले ठगी तथा संगठित अपराध मुद्दामा रहेकाले उनीसँग सम्बन्धित थप विवरण अदालतबाट उपलब्ध हुने कडायतले जानकारी गराएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.