दुई लाख रुपियाँ घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ

असार २३, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपियाँ घुस लिएको आरोपमा मोरङबाट एकजना लेखा अधिकृतलाई पक्राउ गरेको छ ।

जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार, आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले लेखा अधिकृत ढकाललाई सेवाग्राहीबाट घुसवापत लिएको दुई लाख रुपियाँ रकमसहित नगरपालिकाको कार्यालयबाटै पक्राउ गरिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.