भदौ १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमलाई फोनको शुल्क घटाउन निर्देशन दिएका छन् । असोज ३ गते मनाईने संविधान दिवसको उपलक्ष्यमा कम्तिमा एक हप्ताका लागि फोनको शुल्क घटाउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् ।
गृहमन्त्रालयले आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले संविधान दिवसको अवसरमा शुल्क घटाउन टेलिकमलाई निर्देशन दिएका हुन् । यस्तै, दिवसका अवसरमा शैक्षिक संस्था, स्थानीय तह र अन्य निकायहरुलाई विविध कार्यक्रम आयोजना गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

