विदेश पठाई दिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एक जना पक्राउ

असार १५, काठमाडौँ । माल्टा पठाइदिन्छु भन्‍दै रकम ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका– ३ मदनपुर स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका – ३ धापासी बस्‍ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालोपुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको प्रहरीले जनाएको छ । उनले पीडितहरुलाई रोजगारीको लागि माल्टा पठाइदिने भन्‍दै रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.