पशुपतिमा पुन:स्थापित भयो सुनको जलहरी

असार १४, काठमाडौँ । झण्डै ११ घण्टाको अनवरत सहकार्यपछि करिब १०८ किलो तौलको जलहरी पशुपतिनाथ मन्दिरमा पुनःस्थापित गरिएको छ।

गर्भगृहमा मूल भट्ट र अन्य दुई समूहले उक्त जलहरीलाई एक साता बित्न नपाउँदै पुनस्स्थापित गरेको हो। कर्नाटकाबाट लोहा आइपुगेपछि पूराना तामा तथा चाँदीको जलहरीमाथि करिब १०८ किलो जलहरी सन्तुलित रूपमा राखिएको हो। उक्त जलहरीमा ९६ किलो सुन र करिब १२ किलो चाँदी, तामालगायतका अन्य धातु मिसाइएको छ।

बुधबार ४ बजेतिर सुरु भएको उक्त कार्य आज बिहान सवा पाँच बजे सम्पन्न भएको थियो। उक्त कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी, सेना तथा पशुपति विकास कोषका प्रतिनिधिहरूको उपस्थिति थियो। जलहरी पुनस्थापित गर्नुपूर्व त्यसमा कुँदिएका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृतिमन्त्री भानुभक्त ढकाललगायत १३ को नाम मेटाइएको थियो।

जलहरी पुनःस्थापनामा गडबडी भएको सिकायतपछि अख्तियारले जलहरी निकाली धातुको शुद्धता तथा मात्रा जाँच गरेता पनि यस्तो खालको अनियमितताको जाँच कसले गरेको हो यसबारेमा आयोगले केही खुलाएको छैन।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.