हृदयघातको कारण मानिने ट्राइग्लिसेराइड घटाउने ११ खाना

प्रकृतिमा धेरै जसो चिल्लो पदार्थहरु ट्राइग्लिसेराइडको रुपमा रहेका छन्। ट्राइग्लिसेराइड खाद्य पदार्थहरुबाट र शरीर भित्रै पनि निर्माण हुन्छ। उच्च रक्तचापका रोगीहरुको रगतमा कोलेस्ट्रोलका साथमा ट्राइग्लिसेराइडको पनि वृद्धि भएमा हर्टअट्याक (हृदयघात)को संभावना बढ्छ। त्यसैले बढेको ट्राइग्लिसेराइडलाई घटाउनु उपयुक्त हुन्छ।

ट्राइग्लिसेराइड घटाउने खाना
१)    पकाउने तेल दैनिक ५–१० ग्राम मात्र प्रयोग गर्ने। तेलमा सूर्यमुखी, मकै, भटमास आदिको तेल प्रयोग गर्ने।

२)    चिल्लोमा तारेको खानाहरु जस्तै परौठा, समोसा, पुरी, दालमोठ आदि नखाने।

३)    प्रशोधित कार्बोहाइड्रेट जस्तै चिनी, गुड, जाम, मह, जूसहरु, चकलेट, मैदाका रोटीहरु, सुजी, सेतो पाउरोटी, विस्केटहरु चाउचाउ, माकारोनी आदि नखाने।

४)  कोक, फान्टा, पेप्सी जस्ता पेय पदार्थहरु नपिउने।

५)  अल्कोहलयुक्त पेय पदार्थ नपिउने।

६)    बटर, क्रिम, चिज, आईसक्रिम तथा अन्य क्रिमयुक्त खाना नखाने।

७)    बंगुर र खसीको मासु नखाने। बोसो नभएका कुखुरा र माछा खाए हुन्छ।

८)    धूम्रपान नगर्ने।

९)    पूर्ण गहुँको पिठो (प्रशोधन नगरीएको), गहुँको रोटी, गेडागुडीहरु ओट आदि प्रशस्त प्रयोग गर्ने।

१०)    खस्रो चामल प्रयोग गर्ने।

११)  सागपात, हरियो तरकारीहरु, फलफूल प्रशस्त खाने

यसका साथै नियमित व्यायाम गर्ने।

– डा. प्रकाशराज रेग्मी, वरिष्ठ मुटु रोग विशेषज्ञ

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.