अमेरिकामा गायिका मेलिना राईको एकल सांगितिक कार्यक्रम हुँदै

असार १०, न्युयोर्क । केटिएम ईन्टरटेन्मेन्ट (KTM Entertainment) न्युयोर्कको आयोजनामा  पहिलो पटक गायिका मेलिना राईको एकल सांगितिक कार्यक्रम अमेरिकमा हुने भएको छ ।

एक दशक सांगितिक संसारमा एकल राज गरेकी बहुचर्चित सुरिली स्वरकी धनि  गायिका मेलिना राईको संयुक्त राज्य अमेरिकामा पहिलो पटक एकल सांगितिक कार्यक्रम हुन लागेको हो ।  गायिका राईले गाउनु भएकी हरेक गितहरु सुप्रसिद्ध छन् । गायिका राईको अमोरिका सांगितिक भ्रमण अगस्ट महिनाको पहिलो हप्तादेखि सुरु हुने कार्यक्रम आयोजक रोकेश गुरुंग र डकिनीले जानकारी दिएका छन् ।

संयुक्त राज्य अमेरिकाको कुनै पनि राज्य र शहरमा गायिका राईको कार्यक्रम बुक गर्न चाहनु हुन्छ भने फ्लायरमा दिईएको सम्पर्क नम्बर मार्फत अग्रिम बुकिंग गर्न सक्नु हुने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.