मन्त्रालयलाई अपांगतामैत्री बनाइँदै छ : मन्त्री आचार्य

असार १०, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयलाई अपांगतामैत्री बनाउने कामलाई प्राथमिकता दिइएको बताएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा आइतबार उनले यस्तो बताएका हुन् । मन्त्री आचार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिएको पनि बताए ।

सरकारी तथा गैरसरकारी संस्थाहरूको अनुगमन र मूल्यांकनका लागि प्रदेश र स्थानीय तहसम्म योजना तर्जुमा गर्नका लागि अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको उनले उल्लेख गरे । मन्त्री आचार्यले समाजकल्याण परिषद्को कामलाई प्रभावकारी बनाउने गरी अनुगमनको कामलाई विशेष जोड दिइएको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.