परिक्षामा नेपाली भाषामा पनि पश्नपत्र सोध्न विद्यार्थी परिषद्को माग

असार ८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले परिक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र सोध्न माग गरेको छ ।

विद्यार्थी परिषद् ,नेपाल त्रिभुवन विश्वविद्यालय एकाई समितिले विश्वविद्यालयका पदाधिकारीहरूलाई भेट गरि उक्त माग पत्र बुझाएको हो । परिषद्ले अन्य विभिन्न मागहरू राखि सातबुँदे माग सहित सुझावपत्र त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषाल, परीक्षा नियन्त्रक सह प्रा.डा.पुष्पराज जोशी, विश्वविद्यालय क्याम्पस प्रमुख प्रा.डा.ध्यानेन्द्र बहादुर राईज्यूलाई छुट्टाछुट्टै भेटगरी बुझाएको हो ।

परिषद्ले शैक्षिक क्यालेन्डर लागू गरि परिक्षा र नतिजा प्रकाशनको समय अवधि ठिक गर्न माग गरेको छ । साथै दलीय भागबन्डाको अन्त्य, कर्मचारी अभावको कारण दैनिक प्रशासनिक कायमा हुने ढिलासुस्ती ढिक गर्ने, देशभरका विद्यार्थीहरूले ट्रान्सकिप्ट लिन काठमाडौं नै धाउनु पर्ने बाध्यताको अन्त्य गर्ने, विद्यार्थीको स्वास्थ्य विमाको लागि स्वास्थ्य विमा कार्ड लागू गर्ने, स्नातक , स्नातकोत्तर तहको परिक्षामा नेपाली भाषामा र अङ्ग्रेजी भाषामा प्रश्न पत्र सोध्नु पर्ने जस्ता मागपत्रहरू त्रिवि पदाधिकारीहरू, परीक्षा नियन्त्रण कार्यालय र त्रिवि केन्द्रीय क्याम्पसमा परिषद् राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीको उपस्थितिमा उक्त मागपत्र बुझाएको परिषद् केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्कीले जानकारी दिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.