मौसम जानकारीः यी पाँच नदीमा बाढीको उच्च जोखिम

असार ७, काठमाडौं । देशमा मनसुन भित्रिएसँगै सानाठूला नदीहरूमा पानीको बहाव बढ्ने क्रम जारी छ । नदीहरुमा पानीको बहाव बढेसँगै बाढीको जोखिम पनि उत्तिकै बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज देशका ठूला पाँच नदीमा बहाव उल्लेख्य बढ्ने र न्य नदीहरुमा पनि बहाव सामान्य बढ्ने जनाएको छ । आज रतुवाबजार हुँदै बहने दूधकोसी नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र यो क्रम पर्सिसम्म जारी रहने महाशाखाको पूर्वानुमान छ ।

यस्तै, तामाकोसी, त्रिशूली, बुढीगण्डकी, महाकाली नदीमा पानीको बाहाव उच्च रहने महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.