नेपालमा पनि देखियो मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग

असार १, काठमाडौं । नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ । ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त महिलामा एमपक्स सँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि काठमाडौंको एक अस्पतालमा परीक्षण गरिएको थियो । उक्त नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स पुष्टि भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.