आरोप प्रमाणित भए भोलि नै राजीनामा दिन्छु : प्रस्तावित प्रधानन्यायाधीश

असार १, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको बताएका छन् । आज बिहीबार संसदीय सुनुवाइ समितिमा उठेका प्रश्नको जवाफ दिँदै उनले आफुमाथि लागेको आरोप प्रमाणित भए भोलि नै राजीनामा दिन तयार रहेको बताएका हुन् ।

उनले भने, ‘म माथि लागेको आरोप प्रमाणित गर्न जुनसुकै निकायबाट छानबिन गराउनुस्, प्रमाणित भए म जुनसुकै पेसा छोडेर बाहिरिन तयार छु । मैले ४० सालदेखि हालसम्म अनियमितता गरेको छैन, प्रमाणित भएमा भोलि नै राजीनामा दिन तयार छु ।’ उनले आफू विगतदेखि नै न्यायपालिका शुद्धिकरणमा लागेको भन्दै न्यायपालिका शुद्धिकरणका लागि लागिरहने दाबी गरे ।उनले भने– ‘धेरैले वहालवाला न्यायाधीशको बारेमा प्रश्न उठाउनुभयो । त्यसको बारेमा म जवाफ दिन सक्दिन, म न्यायापरिषदको अध्यक्ष मात्र हो, अरू ४ जना सदस्य पनि छन् । सम्बन्धित निकायबाट उहाँमाथि छानबिन हुनेमा विश्वस्त छु ।’

त्यस्तै उनले कसैलाई बदनाम गर्ने गरी आलोचना भएको त्यो स्वीकार्य नहुने समेत बताए । ‘म सधैँ आलोचनाको स्वागत गर्ने मान्छे हो । म सधैँ हाम्रा फैसलाको विश्लेषणात्मक र सैद्धान्तिक छलफल गर्नुहोस भन्छु । यसले मात्र न्यायपालिका स्वच्छ हुन्छ, म सबैसँग आह्वान गर्छु,’ उनले भने, ‘तर, दर्शन, सिद्धान्त, तथ्यमा हुनुपर्छ । तर, कसैलाई बदनाम गर्ने गरी हुन्छ भने स्वीकार्य हुँदैन ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.