“अविरल काव्य यात्रामा” डा. शुभेच्छुले सुनाए दर्जन कविता

जेठ ३०, काठमाडौँ । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरेको ‘अविरल काव्य यात्रा’ को ७९ औँ शृङ्खलामा लेखक तथा साहित्यकार डा. रमेश शुभेच्छुले आफुले रचना गरेको एक दर्जन कविता प्रस्तुत गरेका छन् ।

शुभेच्छुका करिब दुई दशक बिचमा रचना भएका दर्जन कविता प्रस्तुत भएका हुन् । स्वागत मन्तव्य र कवि परिचयपछि रमेश शभेच्छुकले ‘मेरो परिवार’, ‘अँध्यारो’, ‘स्वयम्भू’, ‘आमाको मुख’, ‘रातो बत्ती’ र ‘उल्टो न्याय’ गरी छ ओटा कविता वाचन गरे । कवि जय गौडेलले ‘हन्मेर्नो’, कवि नारायण निरासीले ‘अचानो’, कवि देवु लुइँटेलले ‘माझी’, कवि गीता सापकोटाले ‘आमा’ र ‘द्रोणाचार्यमाथि अभिमन्यु प्रश्न’, कवि डम्बर पहाडीले ‘लुखुरेको वादी’ वाचन गरी कवि शुभेच्छुकका कवितामा थप ओज प्रदान गरेको थियो । शुभेच्छुका नौ वटा कविता शास्त्रीय लयढाँचामा र बाँकी तीन वटा मुक्त लयढाँचामा संरचित थिए । ती कविताले एकपछि अर्को गर्दै स्रोताको मन तान्न सकेका थिए । शुभेच्छु आफै सशक्त कवि, वाचक र शास्त्रीइ एवम् लोक कलाका विशिष्ट प्रशिक्षक पनि हुन् । शुभेच्छुले अविरल जनसाहित्य यात्रामा थुप्रो पटक सहभागी भएर, थुप्रो पठक वाचक भएर र केही पटक समीक्षक भएर उपस्थित भएको स्मरण गर्दै कविताका रचना गर्भ पनि सामान्य प्रस्तुत गर्दै आफ्ना कविता प्रस्तुत गरेका थिए ।

जेठ २६ गते काठमाडौँमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधि सभाका सांसद् दयालबहादुर शाहीको प्रमुख आतिथ्य रहेको थियो । समारोहमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, पूर्व अध्यक्ष खगेन्द्र राई, मधेसी आयोगकी आयुक्त सेतु, शुभेच्छुका पितामाता, डम्बर घिमिरे, रामणि ढुङ्गेल, डा. कृष्ण भारद्धाज, इन्द्रकुमार श्रेष्ठ सरित, नवराज रिजाल, गोपाल मैनाली, डा. भागवत आचार्य, आर.सी न्यौपाने, डा. सीता सुवेदी पन्थी, ज्ञानु विद्रोही, रुपक अलंकारगायतको बाक्लो उपस्थिति रहेको थियो । राष्ट्रिय जनसाहित्य सङ्घ, नेपालका महासचिव प्रकाश सिलवालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा डा. हरिप्रसाद सिलवालले कवि रमेश शुभेच्छुकको साहित्यिक परिचय दिनुभयो भने प्रा. केशवप्रसाद सुवेदीले कार्यक्रममा वाचन गरिएका कविताको समीक्षात्मन टिप्पणी गरे ।

टिप्प्णीका क्रममा सुवेदीले शुभेच्छुका सबल र दुर्बल पक्ष दुवैको निकै गहन विश्लेषण गरे । कवितामाठि टिप्पणी गर्नुअघि उनले भन्नुभयो शुभेच्छुजी र म एम ए र एम.फिलका गुरुचेला हौँ । वासुदेव त्रिपाठी, म रशुभेच्छुजी मिलेर दैवज्ञराज न्यौपानेका विषयमा एउटा कृति पनि लेखेका छौँ यस अर्थमा उहाँ मेरो सहलेखक र सहकर्मी पनि हुनुहुन्छ । त्यसै गरी उहाँ र मेरो जम्काभेट यस्ता संघ संगठनमा धेरै ठाउँमा भएको छ । हामी दुवै प्राध्यापक र वैचाकिर लेखक हौँ । यस अर्थमा हाम्रो त्रैत सम्बन्ध छ । यस सम्बन्धले पनि समीक्षकका रुप्मा मेरो छनोट भएको हुनुपर्छ । सुवेदीले शुभेच्छुले दश वर्षका उमेरदेखि कक्षा तीनमा पढ्दैदेखि लेखेको भए पनि २०५७ सालदेखि उहाँका दुई दर्जनअघिक सिर्जनात्मक कृति प्रकाशन भइसकेको पनि बताए । उनले शीर्षक चयन र कविता विन्यासमा केही मिलाउनु पर्ने पक्ष भए पनि टक्सिँदै गएको कविता परम्परामा शुभेच्छुको कवित्व प्रखर रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले यस युगका लेखकले महाभारतको युगका व्यासको काम गरेको बताए । उहाँले लेखकहरुले हामीलाई प्रेरित गर्न सक्ने गरी लेख्नुपर्ने भन्दै लेखनले समाज परिवर्तनमा सघाउँछ भन्ने विचार राखे । करिब तीन घण्टासम्म सञ्चालन भएको उक्त कार्यक्रम राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका उपाध्यक्ष नर्मदेश्वरी सत्यालले उपस्थितहरुलाई धन्यवाद ज्ञापन गर्दै सभाको समापन भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.