जेठ २६, काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखापरेको बताएका छन्।
शुक्रबार काठमाडौंमा समाजवादी प्रेस संगठन नेपालको पहिलो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले नक्कली शरणार्थी प्रकरण, मिटरव्याजी समस्या र विना पैसा कुनै पनि काम नहुने अवस्थाले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखापरेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताए।
उनले राजनीतिकको स्तर माथि उठाउनका लागि, राजनीतिमा देखिएको वितृष्ण घटाउनका लागि आफुहरुले नयाँ यात्रा प्रारम्भ गरेको उल्लेख गरे। उहाले इमान्दारहरु पछि गर्ने अवस्थालाई परिवर्तन गर्नकै लागि सवैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। अध्यक्ष नेपालले संविधानमा आँच आउन नदिन सजकतापूर्वक अघि बढ्दै संविधानले प्रत्याभूत गरेका अधिकारहरुलाई स्थापीत गर्दै अघि बढ्नुपर्ने बताए।राष्ट्रिय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिने समाजवादी प्रेस संगठनले जनाएको छ ।

