जेठ २१, काठमाडौं। मलेसियासँगको ५ खेलको टी– २० क्रिकेट शृंखला नेपालले जितेको छ।
पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३– २ ले जितेको हो। शृंखलाको पहिलो खेल हारेको नेपाल दोस्रो र तेस्रो खेल जित्दै जित नजिक पुगेको थियो। चौथो खेलमा मलेसियाले नेपाललाई हराउँदै शृंखला बराबरी गरेको थियो। तर, अन्तिम खेलमा नेपालले शानदार जित निकाल्दै शृंखला ३–२ ले आफ्नो पक्षमा पार्यो।
अन्तिम खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली नेपालले भने १९.२ ओभरमा सात विकेट गुमाएर एक सय १० रन बनाउँदै विजयलक्ष्य पूरा गर्यो।

