वैशाख २६, काठमाडौँ । आज कानुन दिवस मनाइँदै छ । कानुन दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।
नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने चलन छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने वि.सं. २००९ वैशाख २६ गतेबाट भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । नेपालमा पछिल्ला समयमा बढ्दै गरेको कानुनी प्रवाधानको हस्ताक्षेप र काननको दूरुपयोगलाई रोक्न आम चेतनामूलक बहस तथा छलफलहरु्र सञ्चालन गरेर कानुन दिवस मनाउने भएको छ ।
कानुनी क्षेत्रलाई प्रभावमा पार्ने राजनीतिक तथा आर्थिक तत्वलाई रोक्न सबै कानुनी व्यवसायी र सरोकारवाला सजग हुन आवश्यक छ । नागरिकमैत्री कानुनको कार्यन्वयन र उपभोग गर्ने वातावरण सिर्जना गर्न सबै आ–आफ्नो ठाउँबाट आवाज उठाउन जरुरत छ । न्यायलानयमा देखेको ढिलासुस्ती र मुद्ध किनबेचको प्रकृयालाई रोक्न सबैले दबाब दिन आवश्यक छ । कानुन दिवसको शुभकामना ।

