तातोपानी नाका सोमबारदेखि दुईतर्फी आयात निर्यात सुरु

वैशाख १८, तातोपानी। सिन्धुपाल्चोकको तातोपानी नाका सोमबारदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ। आठ वर्षपछि तातोपानी नाका सञ्चालनमा आएको हो। पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप सोमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो।

सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीन तर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए। द्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैतमा चीनसँग भएको छलफलको परिणामस्वरुप १८ वैशाखदेखि चीनतर्फका सबै नाका खुलेका हुन्।

मन्त्रालय सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच ल्हासामा भएको बैठकपछि नाका खोल्ने बारेमा सहमति भएको थियो। सोहि सहमति भएअनुसार सोमबारदेखि नेपाल र चीन दुबैतर्फबाट आयात निर्यात खुला भएको हो। यस अघि तातोपानी नाका भुकम्पका कारण बन्द भएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.