वैशाख १३, बारा। बारा क्षेत्र नं.– २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी (जसपा) का उपेन्द्र यादव विजयी भएका छन्।
यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्दै विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उनका निकटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गरे। यादवले कुशवाहालाई ५ हजार ८१ मत अन्तरले पराजित गरेका हुन्।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरी तेस्रो स्थान प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गरे। बारा– २ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो। यसअघि बारा– २ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यस क्षेत्रमा उपनिर्वाचन भएको हो।

