विश्वप्रकाश लेख्छन्– ‘उपनिर्वाचन परिणामले रूपान्तरित हुन सन्देश दिएको छ’

वैशाख १३, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् ।

आइतबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउदै गर्दा महामन्त्री शर्माले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै उपनिर्वाचनले दिएको सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने उनले बताएका हुन् ।

महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ ।’ मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउँदै उनले लेखेका छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी ।’ प्रतिनिधि सभा उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये चितवन २ र तनहुँ १ रास्वपाका उम्मेदवार भारी मतसहित निर्वाचित भएका छन् भने बारा २ जसपाले जितेका छन् । गठबनधनको समर्थनसहित चुनावमा होमिएका उम्मेदवार र ठुलो दल भनिएका दलका उम्मेदवारले ल्याएको मतपरिणामले दलहरु सच्चिनुपर्ने समय आएको संकेत गरेको उनले बताउका छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.