तनहुँ–१ बाट भारी मतसहित रास्वपाका वाग्ले निर्वाचित

वैशाख १२, काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्ले १४ हजार ६९ मतान्तरसहित निर्वाचित भएका छन् ।

उनी ३४ हजार ९१९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाए । तेस्रो स्थानमा रहेका नेकपा ९एमाले०का सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरे । यो क्षेत्रमा ६५ हजार २९८ मत खसेको थियो । ०७९ मंसिर ४ मा भएको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए ।

उनी फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचन जितेका वाग्ले अर्थविद् हुन् । उनी राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष हुन् । उनी २०७४ साउन १९ गते आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा आयोगको सदस्य बनेका थिए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.