गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त

वैशाख ९, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । शनिबार गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका हुन् ।

विश्वासको मतका लागि भएको मतदानमा सहभागी ६० प्रदेशसभा सदस्यमध्ये २४ जनाले मात्र विश्वासको पक्षमा मत दिए । ३५ प्रदेशसभा सदस्यले विश्वासको विपक्षमा मत दिएका थिए । अधिकारीलाई नेकपा ९एमाले०बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दुई सांसदले साथ दिएका थिए । नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.