हिम पहिरोमा पुरिएर तीन आरोहीको मृत्यु

चैत २९, सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जनाको मृत्यु भएको छ ।

खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर बेपत्ता भएका खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको हिउँले पुरिएको अवस्थामा मृत्यु भेटिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । उनका अनुसार सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् ।

इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका उनीहरुको बुधबार बिहान मृत्यु भएको हो । बुधबार बिहान एक्कासी हिम पहिरो आएपछि उनीहरु पुरिएका थिए । शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.