नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी

चैत २८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले नवीकरण नगर्ने क्याम्पससँग स्पष्टिकरण माग गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले क्याम्पसलाई नवीकरण नगर्नुको कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा पेश गर्न भनेको हो । विभिन्न संकाय तथा संस्थानहरुको प्राज्ञिक नियन्त्रणमा रही कार्यक्रमहरु सञ्चालन गरेका क्याम्पसमध्ये कतिपयले हालसम्म नवीकरण गरेका छैनन् । ती क्याम्पसहरुलाई त्रिविको नियमानुसार खारेजी किन नगर्ने भनेर त्रिविले स्पष्टीकरण सोधेको हो ।

यो अवधिमा नवीकरण नगरे क्याम्पसको सम्बन्धन खारेज हुन सक्नेसमेत त्रिविले चेतावनी दिएको छ । यस्तै, नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्ने पनि जनाइएको छ । नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ । नवीकरण भएका क्याम्पसको विवरण आफ्नो वेबसाइटमा राखेको त्रिविले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.