चक्रे मिलनका बडी गार्ड गणेश बोगटी पक्राउ

चैत २८, काठमाडौं। गुण्डा नाइके चक्रे मिलनका सहयोगी (बडी गार्ड) गणेश बोगटी पक्राउ परेका छन्। हतियारसहित चक्रे मिलनको सुरक्षामा खटिएको देखिएपछि बाँके प्रहरीले उनलाई चिसापानीबाट साँझ नियन्त्रणमा लिएको जनाएको छ।

टिकटकमा मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनको खोजी गरिरहेको जनाएको थियो। त्यसको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। ‘राति नै पक्राउ गरिहेको छ अनुसन्धान हुन बाँकी रहेको छ’, जिल्ला प्रहरी बाँकेका एसपी सन्तोषसिंह राठौरले भने। सोमबार उनी चक्रे मिलनको पछाडि हतियार बोकेर सामाजिक सञ्जालमा देखापरेका थिए। भिडिओमा चक्रेसँगै अन्य १०÷१२ जना युवक देखिएपनि बोगटीले हतियार सहित सुरक्षा दिएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.