नेकपा (एकीकृत समाजवादी) को प्रमुख सचेतकमा मेटमणि

चैत २०, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रतिनिधिसभाको प्रमुख सचेतकको जिम्मेवारी सांसद मेटमणि चौधरीलाई दिइएको छ ।

सोमबार बसेको संसदीय दलको बैठकबाट पूर्वमन्त्री समेत रहेका चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णय गरिएको जनाइएको छ । प्रमुख सचेतकको जिम्मेवारीमा यसअघि सांसद प्रकाश ज्वाला थिए । उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो । चौधरी दाङ क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.