अङ्ग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ : अध्यक्ष नेपाल

चैत २०, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबैकुरा दान गर्ने मानिसको खाँचो रहेको बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालीन जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले मानव जातिका लागि रगतको आवश्यकता महत्त्वपूर्ण रहने बताउनुभयो । उहाँले अरु कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अङ्गहरु दान गर्न सक्नुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘‘मानव जीवनका लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो । रगत दिएर अरुको ज्यान बच्नसक्छ, आयु लम्बिन सक्छ । शरीरका कुनै पनि अङ्गहरु दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।’’ अध्यक्ष नेपालले सो अवसरमा रक्तदानका लागि उपस्थित युवाहरुलाई रक्तदानका लागि अपिल समेत गर्नुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.