चैत २०, धनगढी । रौतहट जिल्ला गौरका शैक्षिक अभियानता निरज शाह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट सम्मानित भएका छन् ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशनको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण समारोहमा गौरका शैक्षिक अभियानता रौतहट जिल्लाका निरज कुमार शाहलाई पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण गरिएको छ । कैलाली जिल्लाको धनगढीमा चैत्र १८ गतेदेखि सञ्चालन भएको नवौँ राष्ट्रिय अधिवेशनमा रू २१ हजार रूपैयाँ, सम्मान पत्र र दोसल्लाह ओडाएर सुदुरपश्चिम प्रदेश प्रदेश प्रमुख देवराज जोशीले सम्मान गर्नु भएको थियोे ।
निरज कुमार शालले गौरमा बन्द रहेका राइस मिलको केही भागलाई सदुपयोग गर्दै गाउँ गाउँमा विद्यालय जान नपाएका बालबालिकाहरूलाई खोजि खोजि विगत २०५९ सालदेखि निरन्तर रूपमा निः शुल्क शिक्षा प्रदान गर्दै आइरहनु भएको छ । विद्यार्थी परिषद् आफ्नो सातौँ राष्ट्रिय अधिवेशनदेखि समाजमा उदाहरणीय कार्य गर्दै आइरहनु भएका व्यक्तिहरूलाई आफ्नो अधिवेशनमा निरन्तर राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

