न्यायको माग गर्दै पिएन क्याम्पस प्रमुखको कार्यकक्षमा धर्ना

फागुन २५, काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसको लापरबाही बिरूद्व स्वतन्त्र विद्यार्थी समुहका विद्यार्थी नेताहरू रातिसम्म क्याम्पस प्रमुखको कार्यकक्षमा धर्नामा बसेका छन् ।

क्याम्पस प्रशासन र निर्वाचन अधिकृतले मनोमानि ढङ्गले आफुहरूले दर्ता गराएको संगठनको नाम विनाकारण परिवर्तन गरेर संघ रसंगठनको दर्ता नामावली लिष्ट सार्वजनिक गरेकोले क्याम्पस प्रमुखको कार्यकक्षमा धर्ना दिएको स्वतन्त्र विद्यार्थी समुहको सदस्य विप्लवि न्यौपाने शिक्षा संचारलाई बताएकि छिन् । उनका अनुसार आफुहरूले संगठनको नामावली पुनः स्वतन्त्र विद्यार्थी समुह नै राखेर प्रकाशन गर्नका लागि क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई माग गर्दा पनि अन्नसुना गरेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमै धर्ना दिएको जानकारी दिइन।

यस समस्याको समाधान गर्नका लागि पटक पटक बैठक बस्दा अनेरास्ववियु बाहेक अन्य विद्यार्थी संगठनका नेताहरू सोही नाम राख्न तयार भएकोले २६ गते बिहान ८ बजे सम्म प्रशासन र निर्वाचन अधिकृत र सर्वदलीय संगठनले सहमति जुटाएर स्वतन्त्र विद्यार्थी समुह नै राख्ने चर्चा चलिरहेको पनि उनले बताइन् । यदि त्यसो नभएको खण्डमा अदालत जाने पनि तयारी भइरहेको जानकारी दिएकी छिन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.