फागुन २१, काठमाडौं । ८ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न ८ दलिय गठबनधनको बैठक बस्न लागेको हो ।
बैठक अपरान्ह अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि आठ दलिय गठबन्धन बनेको छ । त्यसपछि सरकार गठन लगायतका काम हुने छन् । आजको बैठकमा राष्ट्रपति निर्वाचनका साथै सरकारमा सहभागी हुने विषयमा पनि छलफल हुने जनाइएको छ । ८ दलिय गठबन्धनमा मन्त्रिपरिषद विस्तारको विषयमा सहमति हुन बाँकी छ ।

