ओखलढुंगामा जीप दुर्घटना : दुईजनाको मृत्यु, आठ घाइते

फागुन २१, काठमाडौं । ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३, दियालेमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

आइतबार बिहान ना १ ज ८४७३ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । स्थानीय भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीका अनुसार दुर्घटनामा आठजना घाइते भएका छन् । हेलिकोप्टरमार्फत उद्धार गरेर घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको उनले जानकारी दिइन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.