छतबाट खसेर एकीकृत समाजवादीका नेता सरोजकुमारको निधन

फागुन २०, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएको छ ।

आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको ६ तलामाथिबाट खसेर उनी घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको हो । रेष्टुराँबाट खस्दा सुरुमा बिजुलीको तारमा परेको र त्यसपछि उनी भूँइमा खसेका थिए । उनलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पुर्‍याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्‍याइएको थियो ।

नेता उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष नेपालका कान्छो भाइ हुन् । उनी ६२ वर्षका थिए । उनका दुई छोरी अमेरिकामा छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.