राष्ट्रपतिका मतदाताले परिचय पत्र अनिवार्य बोक्नुपर्ने

फागुन १९, काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सहभागी हुने मतदाताहरूले अनिवार्य परिचयपत्र लैजानुपर्ने भएको छ ।

निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपतकिो निर्वाचनका लागि मतदाताहरूले अनिवार्य रूपमा परिचयपत्र बोक्नुपर्ने व्यवस्था गरेको हो । आयोगले शुक्रबार एक सूचना जारी गर्दै मतदाताले मतदान गर्न जाँदा साथमा अनिवार्य कागजात लिएर जानुपर्ने व्यवस्था गरेको जनाएको छ । मतदानको दिन मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र, निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्रमध्ये जुनकुनै कागजातका आधारमा पनि मतदान गर्नसक्ने व्यवस्था छ ।

राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरूले मतदान गर्न पाउने व्यवस्था छ । राष्ट्रपतिमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.