कान्ति लोकपथ आजदेखि पूर्णरुपमा बन्द

फागुन १८, मकवानपुर । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको कान्ति लोकपथ सडक आजदेखि पूर्णरुपमा बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले २३ दिनका लागि कान्ति लोकपथ बन्द गर्ने निर्णय गरेको हो । कान्ति लोकपथ मर्मत सम्भारका लागि आजदेखि चैत १० गतेसम्म दुईतर्फी आवागमन बन्द गरिएको छ । मकवानपुरको ठिङ्गन नजिकबाट ललितपुरतर्फको सडक मर्मत तथा कालोपत्रेका लागि कान्ति लोकपथ बन्द गरिएको बताइएको छ ।

कान्ति लोकपथ बन्द गरिएसँगै हेटौँडा– काठमाडौं चल्ने सुमो लगायतका साना सवारी साधनका लागि सिस्नेरी र चित्लाङ सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.