स्यारोण घिसिङ,
फागुन १६, काठमाडौँ । युवाहरुको सीप क्षमतालाई प्रोत्साहन गर्न हल्ट प्राईज सान इन्टरनेशनल कलेज समितिले आयोजना गरेको प्रयोगात्मक प्रतिस्पर्धामा फाइभर समूह प्रथम विजेता बनेको छ ।

अन्तिम चरणको छनौटमा परेको ६ समूहलाई पछि पार्दै फाइभर समूह विजेता भएको हो । गत शनिवार काठमाडौँको चाबहिल स्थित स्वीट ब्यङकेटमा भएको कार्यक्रममा विजेतालाई पुरस्कार वितरण गरेको थियो । त्यस्तै फस्ट रनरअपमा रेन्टल हब र सेकेन्ड रनरअप द रकलेस टुथलेस भएका थिए । विजेता समूह अव क्षेत्रिय प्रतिस्पर्धामा भाग लिने भएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा माछापुच्छ्रे बैंकका व्यापार प्रमुख अजय आचार्य र विशेष अतिथि सुवास घिमिरेले विजेताहरुलाई पुरस्कार वितरण गरेको थिए ।

स्थानीय उत्पादनको वृद्धि र प्रर्वद्धन गर्दै अन्तराष्ट्रिय जगतमा प्रचार गर्ने उद्देश्यसहित शिक्षासंगै युवाहरुको सीप विकासको लागि हल्ट प्राइजले प्रयोगात्मक कार्यक्रम ल्याएको छ । सोही कार्यक्रमअनुसार युवा उद्यामशीलतालाई थप व्यवस्थापन र व्यवहारिक बनाउँदै आत्मानिर्भर बनाउन हल्ट प्राईजको कार्यक्रमले सहयोग पु¥याउने आयोजकले जनाएको छ ।

