चैते धानको मूल्य तोकिएपछि मोरङका किसान उत्साहित

फागुन १६, बेलबारी (मोरङ) । तराईमा अघनी भनिने चैते धानको बेर्ना भर्खर किसानले खेतमा उमार्दै छन् । केही समयपछि धान रोप्ने चटारो सुरु हुन्छ । धान उत्पादन नहुँदै उनीहरूले त्यसको मूल्य प्राप्त गरिसकेका छन् । अर्थात्, जति धेरै धान उत्पादन गर्न सक्यो, त्यति नै रकम हात लाग्ने भयो । मूल्य नपाइएला वा बिक्री नहोला कि भन्ने पीर मोरङको बेलबारीका किसानलाई छैन ।

झापा, मोरङ र सुनसरीका पालिकाहरूमा अघनी धानको मूल्य तोकिएसँगै किसान उत्साहित छन् । मोरङको बेलाबारीस्थित डाँगीहाटका किसान त मूल्य तोक्ने प्रक्रियामै सामोल हुन पाए । बेलबारी नगरपालिका सखुवाटोलीकी किसान थलकमला पौडेलले भनिन्, “बिक्री गर्ने मूल्य दिएर खरिद गर्ने संस्थाको टुंगो लागेपछि हामीलाई धान नबिक्ला भन्ने पीर नै छैन ।” उनले गएको वर्ष ३५ मन धान बिक्री गरेकी थिइन् । योपटक उत्पादन बढाउने तयारीमा लागेकी छन् ।

अघिल्ला वर्षहरूमा किसानलाई उत्पादन गरेको धान कता बिक्री गर्ने, कसले खरिद गर्ला र चाहेको मूल्य पाइएलारनपाइएला भन्ने चिन्ता हुने गर्थ्यो । स्थानीय किसान चन्द्रबहादुर धिमाल भन्छन्, “हामी दुई बाली धान लगाउँछौँ । तर, चैते धान बिक्री गर्न निकै समस्या हुने गरेको थियो । अब सजिलो भएको छ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.