पाँच स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार

फागुन १५, काठमाडौं । सरकारले स्वास्थ्य सेवा दिवसको अवसरमा पाँचजनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न स्वास्थ्य संस्थाबाट छनौट गरी सोमबार सो पुरस्कार प्रदान गरेको हो । दिवसका अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ कन्सलटेन्ट सर्जन डा. प्रकाश क्षेत्रीलाई उत्कृष्ट स्वास्थ्य क्षेत्र पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, नारायणी अस्पताल विरगन्जकी स्टाफ नर्स अन्जना श्रेष्ठ, कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य प्रशासक गजेन्द्रप्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कन्सलटेन्ट डा।मोनकर्ण थापा र उपचारात्मक महाशाखाकी डा. पोमावती थापालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ । मन्त्रालदयद्धारा गठित पाँच सदस्यीय समितिले पुरस्कृत हुने स्वास्थ्यकर्मीको छनौट गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.