एम. इ. आई. स्कूलमा विज्ञान प्रर्दशनी (फोटो फिचर)

फागुन १४, काठमाडौँ । पर्साको ठोरीमा रहेको एम.ई.आई स्कूलमा विज्ञान प्रर्दशनी सम्पन्न भएको छ ।

उक्त स्कूलमा अध्ययन गरेका बालबालिकाहरुले आफ्नो ज्ञान, सीप, क्षमता र कलाको माध्यमबाट निर्माण गरिएको विज्ञान प्रविधि एवम् रचनात्मक वस्तुहरुको प्रर्दशनी गरेका हुन् । स्कूलको प्राङ्गणमा भएको प्रर्दशनीमा अभिभावकहरु, शिक्षक तथा विदेशी स्वंयमसेवकहरुको समेत सहभागीता रहेको थियो । व्यवहारिक र प्रयोगात्मक विधिमार्फत विद्यार्थीहरुको रुचि अनुसार शिक्षण सिकाईको अभ्यास गर्ने उद्देश्यले विज्ञान प्रर्दशनीको आयोजना गरिएको प्रिन्सिपल द्रौपदी तामाङले जानकारी दिईन् ।

पर्साको गौतम नगर ठोरीमा नर्सरीदेखि कक्षा ५ सम्मा पढाइ हुने एम ई आई स्कुलमा माया शैक्षिक अभियान संस्थामार्फत  ५० भन्दा बढि विद्यार्थी छात्रावृत्तिमा अध्ययन गरेका छन् । विकट र आर्थिक अवस्था कमजोर रहेको त्यस बस्तीका अभिभावकलाई सरल र सहज होस भन्ने उद्देश्यका साथै विद्यार्थीको सार्वङ्गीण विकासका लागि किताबी ज्ञानसंगै प्रयोगात्मक विधिको शिक्षण सिकाईलाई जोड दिएको प्रिन्सिपल तामाङले बताईन् ।

माया शैक्षिक अभियान नेपाल सुजरल्याण्ड अवस्थित अन्तराष्ट्रिय अध्यक्ष सिना च्यानारको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विशेष अतिथि मनोज सिङ, अभिभाव संघका अध्यक्ष शुसिला घिमिरे र लार्स स्टेलर, वोसा स्टेलर, क्रस्टेन्य, सोनाम साङ्गे अतिथि रहेका थिए ।

विद्यार्थीहरुले सिकेका ज्ञानहरुलाई विभिन्न वस्तु निर्माण, चित्र लेखन, बोट विरुवा उत्पादन लगायत जीवनमा आवश्यक सामग्रीहरुको समेत प्रर्दशन गरेका थिए । विज्ञान प्रर्दशनीले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने र पढाईमा समेत रुचि जगाउने भएको भन्दै अभिभावकहरुले खुसी व्यक्त गरेका छन् । शैक्षिक अभ्यासलाई मध्यनजर गर्दै आयेजना गरिउको विज्ञान प्रर्दशन ठोरी गाउँपालिकामै पहिलो पटक आयोजना भएको र आगामी वर्षहरुमा क्रमिक रुपमा निरन्तरता दिदैँ जाने प्रिन्सिपल तामाङले जानकारी दिईन् ।

 

हेर्नुस तस्बीहरु

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.