काठमाडौँमा मध्यान्न वर्षाको सम्भावना

फागुन १४, काठमाडौँ । आइतबार मध्यान्न काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भाग सहित उपत्यकामा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन विभागले अनुरोध गरेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसमविद् मञ्जु बासीका अनुसार दुई दिनअघि गण्डकको कास्की र पोखरामा हल्का वर्षा भयो । त्यसअघि पश्चिम तराई छोएका केही भेगमा हल्का वर्षा भएको थियो । बागमती प्रदेशका पहाडी भेगमा हल्का वर्षा भए पनि काठमाडौँमा भइहाले पनि फाटफुट मात्र वर्षा हुने सम्भावना छ ।

उपत्यकाको आकाशको वायुमण्डलमा लामो समयदेखि तैरिएर बसेको प्रदूषणको तुवाँलो वर्षा नहुँदा हट्न सकेको छैन । उहाँ भन्नुहुन्छ, “त्यो हट्न सामान्य वर्षा हुनै पर्छ तर अझै पनि काठमाडौँमा राम्रो पानी पर्ने जल वाष्पको अभावका कारण सम्भावना छैन ।” उच्च हिमाली भेगमा भने हल्का हिमपात हुने महाशाखाले जानकारी दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.