अनेरास्ववियूद्वारा स्ववियु निर्वाचनका लागि परिचालन कमिटी गठन

फागुन ११, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आसन्न स्ववियु निर्वाचनका लागि परिचालन कमिटी गठन गरेको छ ।

फागुन ७ र ८ गते काठमाडौंमा बसेको स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले अध्यक्ष सुदेश पराजुलीको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय स्ववियु निर्वाचन परिचालन कमिटी गठन गरेको जनाएको हो । बैठकले स्ववियु निर्वाचनको स्वागत गर्दै अन्य विश्वविद्यालयमा पनि स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग गरेको अनेरास्ववियूका अध्यक्ष पराजुलीले जानकारी दिए । पराजुलीले स्ववियु निर्वाचन निष्पक्ष, भयरहित, धाधलीरहित र मर्यादित बनाउनका लागि अनुरोध गरिएको बताए ।

बैठकले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजि क्षेत्रलाई छाप्न दिने सरकारको निर्णय खारेज गर्न माग गरेको उनले जानकारी दिए । त्यस्तै बैठकले त्रिभुवन विश्वबिद्यालय भित्रको निजिकरण तत्काल अन्त्य गर्न पनि माग गरेको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.