प्रकाश रायमाझी प्रधानमन्त्रीको आइटी विज्ञ नियुक्त

फागुन ४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त भएका छन् ।

स्किमा टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक समेत रहेका रायमाझीलाई १ फागुनदेखि नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । २० वर्षदेखी आइटीको क्षेत्रमा काम गरिरहेका उनी सुरुदेखी नै प्रचण्डको सचिवालयमा कार्यरत थिए ।

दुई सय भन्दा बढी वेबसाइट डिजाइन र निर्माण गरेका रायमाझी वेबसाइट निर्माण, सामाजिक संजाल लगायतका विषयमा अनुभवी मानिन्छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.