‘ससुराली जाँदा टिकट काट्नुपर्ने बाध्यता हटाइयोस्’

फागुन ३, काठमाडौं । काठमाडौँ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सांसद सन्तोष चालिसेले शिवपुरी आरक्षण क्षेत्रभित्र रहेका पाँचवटा गाउँमा जानका लागि टिकट काट्नुपर्ने व्यवस्थाको अन्त्य गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको शूनय समयमा बोल्दै सांसद चालिसेले सुन्दरीजलभन्दा माथिका बास्तीमा जाँदा शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने– ‘शिवपुरी आरक्ष क्षेत्रभित्र जाने ठाउँको सुरुमै आर्मी चेकपोस्ट राखिएको लामो समय भएको छ । सो सुरक्षा चेकपोस्टमा पैसा उठाउँदै आएका कारणले आरक्षणभित्र रहेका पाँचवटा गाउँहरुमा आफ्नो मामाघर, ससुराली जानका लागि पैसा तिर्नुपर्ने अवस्था छ । तत्काल शुल्क लिने काम हटाइयोस् ।’ शिवपुरी आरक्ष क्षेत्रभित्रका धार्मिक स्थल सुन्दरीमाई, बागद्धवार जस्ता तीर्थस्थलमा जानका लागि पनि पैसा तिर्नुपर्ने बाध्यता छ ।

उनले त्यस क्षेत्रमा गर्न थालेको पर्यटन व्यवसाय पनि सुक्दै गएको बताउँदै चेकपोस्टमा चर्को शुल्क राखेका कारणले सो क्षेत्रका स्थानीयवासीको उठीबास लाग्न लागेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.